इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।