विराटचोकः रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लक इन अवधि आज सकिने भएको छ । कम्पनीले एक सचूना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको नाममा रहेको शेयरको लक इन अवधि आज सकिने जनाइएको हो ।

२० लाख ६२ हजार ७१७ कित्ता शेयरको लक इन अवधि सकिन लाग्दा संस्थापक शेयरको संख्या १९ लाख ६० हजार कित्ता, कर्मचारीलाई बाँडफाँट गरिएको १५ हजार ४७ कित्ता र स्थानीय बासिन्दाको नाममा रहेको ८७ हजार ६७० कित्ता रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर २०८० जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको थियो । २०८० जेठ ३० गते शेयर बाँडफाँट भएको थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को दफा ३८ (१) अनुसार सर्वसाधारणमा बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक सेयरधनी, कर्मचारी तथा आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार लक इनमा राखिएको शेयको अवधि आज सकिएको हो ।