विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २७२४.०३ विन्दुमा सीमित बनेको छ ।

नेप्सेमा सूचीकृत ३४२ कम्पनीको ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात् ०.३८ प्रतिशतले बढेको छ ।

उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.४९ प्रतिशतले घटेको छ ।

घटेको बजारमा आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २५ करोड ५३ लाख २४ हजार १६८ रुपैयाँको शेयर किनबेच भएको छ । सिटी होटल, आँखुखोला जलविद्युत, हिमाल दोखला हाईड्रो र रिलायन्स स्पीनिङ मिल्सको उच्च कारोबार भएको छ ।

आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । कालिञ्चोक हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् १०.६६ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ४ अर्ब ५५ करोड १६ लाख ४४ हजार १२५ रुपैयाँ कायम भएको छ ।