बुटवलः  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । पहिलो चरणमा ५१ प्रतिशत मत नपुगे पनि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले शालिकरामलाई समर्थन गर्नुभएको थियो ।

सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत पाउनुभएको थियो ।

८४३ मतदाता मध्ये ५५२ जनाले मतदान गरेका थिए ।