इटहरी । आज शेयरबजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार ७९८ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार समूह सर्वाधिक अर्थात ०.३१ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०२ प्रतिशत, फाइनान्स ०.२०, लघुवित्त ०.०४ र म्युचुअल फण्ड ०.१९ प्रतिशतले बढे । बाँकी समूहमा रातो पोतिएको छ ।

अन्य समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घटेको दिन आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९८ लाख ४७ हजार ८७१ रुपैयाँको शेयर किनबेच भएको छ । युनाइटेड मोदी हाईड्रो, सिईडिबि होल्डिङ, बुङ्गल हाईड्रो र सिद्धार्थ बैंक उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशतले बढेको बजारमा आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १२.५३ प्रतिशत बढेको छ ।

सूचक घटेको बजारमा आज आँखुखोला जलविद्युतको शेयरमूल्य सर्वाधिक अर्थात् ४.०१ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब १४ अर्ब २९ करोड ५७ लाख २८ हजार ८७५ रुपैयाँ कायम भएको छ ।