इटहरी ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा बनेको तीन सदस्यीय सिफारिश समितिको सिफारिशमा भट्ट अध्यक्ष पदमा नियुक्त हुनुभएको हो ।

समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल काठमाडौं सदस्य हुनुहुन्थ्यो ।