काठमाडौंः २०५२ सालमा संखुवासभाको धर्मदेवीमा स्थापित मकालु वाइन इन्डस्ट्रीज लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर १० लाख कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्ने भएको छ ।

आईपीओ प्रक्रिया अगाडि बढाउन कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । यससम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष पिताम्बर पोख्रेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।

सो कम्पनीले चुत्रो तथा ऐँसेलुजस्ता स्थानीय जंगली फलबाट ‘हिंवा वाइन’ उत्पादन गर्दै आएको छ । सो कम्पनीमा देवश्री भेन्चर, हार्भेस्ट भेन्चर, विर्तामोड सञ्जिवनी इन्भेष्टमेन्ट र स्टक आइडियाज इन्भेष्टमेन्टलगायत संस्थागत लगानीकर्ताहरूको लगानी रहेको छ ।