लेटाङः लेटाङ नगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट आर्थिक वर्ष २०८३\८४ का लागि ६९ करोड ५० लाख ३० हजार ४०५ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक भएको छ ।

बजेटले स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा पर्यटन विकासलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष १० शैय्याको अस्पताल सञ्चालन, अन्तरधार्मिक शान्ति पार्क तथा पर्यटन प्रवद्र्धन, सडक कालोपत्रे, खानेपानी आयोजनाको स्तरोन्नति, विद्यालय भवन तथा छात्रावास निर्माणलगायतका योजना अघि बढाइने जनाइएको छ ।

नगर प्रमुख भुपेन्द्रकुमार लावतीले सीमित स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै नागरिकको आवश्यकता, विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो ।