इटहरी । लगातार दुई दिनको वृद्धिपछि हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ६५३.४० विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४६ हजार २३४ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँको शेयर कारोबार भएको छ । बिहीबार ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
शुक्रबार कारोबारमा आएका १३ समूहमध्ये ५ वटामा हरियाली छाएको छ । फाइनान्स समूह सर्वाधिक अर्थात १.०६ प्रतिशतले बढ्दा बैंकिङ समूह सर्वाधिक अर्थात् ०.९६ प्रतिशतले घटेको छ ।
कारोबार रकम बढेको बजारमा ४ प्रतिशत कृषि विकास बैंकको बोण्डको सर्वाधिक ४३ करोड रुपैयाँको शेयर किनबेच हुँदा ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को ३९ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
सूचक घटेको बजारमा सानिगाड हाईड्रो, स्नो रिभर्स, कालंगा हाईड्रो र नेपाल फाइनान्सको शेयरमूल्य १५ प्रतिशत बढ्दा खानीखोला हाईड्रोको शेयरमूल्य ११.६३ प्रतिशत र उपकार लघुवित्तको १०.७९ प्रतिशत शेयरमूल्य बढेको छ ।
अपर लोहरे खोलाको शेयरमूल्य सर्वाधिक अर्थात् १३.६५ प्रतिशतले घट्दा धौलागिरी लघुवित्तको शेयरमूल्य ११.२१ र क्रेष्ट माइक्रोलाइफको सेयरमूल्य ४.९७ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ५९ अर्ब ९ करोड ४८ लाख ५९ हजार ५२० रुपैयाँ कायम भएको छ ।

















