इटहरी । यो साता सुनको मूल्य ११ हजार ६०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ रहेको थियो । असार १९ गते शुक्रबार २ लाख ९० हजार ७०० रुपैयाँ सुनको मूल्य रहेको छ ।
महासंघका अनुसार असार १४ गते आइतबार सुन ४ हजार ७०० रुपैयाँ बढेको थियो । असार १५ गते सोमबार भने सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो । असार १६ गते मंगलबार पनि सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ घटेको थियो ।
असार १७ गते बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको थियो ।
असार १८ गते भने सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ बढेको थियो । असार १९ गते पनि सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँ बढेको थियो ।

















