इटहरी ।  सरकारले भोजपुरका गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए । उनी प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखा हेर्थे । सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बनेका हुन् ।

सचिव बनेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका कार्की त्यसअघि ल्हासाको महावाणिज्यदूत भएका थिए । कोशी प्रदेश मन्त्रालयमा पनि सचिवको जिम्मेवारी सम्हालेको अनुभव भएका उनले बागमती प्रदेशमा कामु प्रमुखको रुपमा पनि काम गरेका थिए ।