इटहरी ।  आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । चाँदीको मूल्य भने तोलामा ९० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।