विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५५ प्रतिशत अर्थात् ४१.७० अङ्कले बढेर २७१९.२७ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४३ स्क्रिप्टको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ६७ हजार १५५ पटक किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको शेयर कारोबार भएको छ ।
सामुहिक लगानी कोष ०.०२ प्रतिशतले घट्नुबाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको दिन आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.२१ प्रतिशतले बढेको छ ।
आज आँखुखोला जलविद्युतको सर्वाधिक २९ करोड १५ लाख ५२ हजार १५४ रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक र नेशनल हाईड्रोपावरको उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
एभरेष्ट कलर लिमिटेड र रिज लाइन इनर्जीको शेयरमूल्य १५ प्रतिशत बढ्दा श्रीनगर एग्रीटेकको सेयरमूल्य १०.९५ प्रतिशत, सोलु हाईड्रोपावरको ९.५६ र रिलायन्स स्पीनिङ मिल्सको सेयरमूल्य ९.३१ प्रतिशतले बढेको छ । एभरेष्ट कलर लिमिटेडको आईपीओ हालै दोस्रो बजारमा सूचीकृत भएको हो ।
बजार बढे पनि आज आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ६.८६ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.८५ प्रतिशत र लक्ष्मी उन्नति कोषको मूल्य ५.१५ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ७३ अर्ब २१ करोड ५ लाख ८० हजार ५६९ रुपैयाँ कायम भएको छ ।


















