इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको दाम प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ निर्धारण भएको छ ।