इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।