इटहरी । आज शेयर बजार मापक परिसूचक नेप्से ०.१८ प्रतिशत अर्थात ४.७९ अङ्कले बढेर २ हजार ६६७.९७ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५० स्टकको १ करोड ६७ हजार ७३२ कित्ता शेयर ६१ हजार २८६ पटक किनबेच हुँदा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँको शेयर किनबेच भएको छ ।
५ वटा समूहको सूचकमा हरियाली छाउँदा आज व्यापार समूह सर्वाधिक अर्थात १.६० प्रतिशतले बढेको छ । जलविद्युत समूह १.४५ प्रतिशत, अन्य समूह ०.२६ प्रतिशत र होटल समूह ०.२२ प्रतिशत बढेका छन् ।
विकास बैंक समूह सर्वाधिक अर्थात् ०.५० प्रतिशतले घटेको छ ।
बढेको बजारमा आज सोलु हाईड्रोपावरको सर्वाधिक ५८ करोड १० लाख ८० हजार ४८६ रुपैयाँको शेयर किनबेच भएको छ । रिडी पावर, खानीखोला हाईड्रोपावर, एभरेष्ट कलर र सेन्ट्रल फाइनान्स उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
सोलु हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशतले बढ्दा एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात ९.०३ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ८५ अर्ब १० करोड १४ लाख ५० हजार २७६ रुपैयाँ कायम भएको छ ।


















