विराटचोकः गत  साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो  साता २६८५.५४ बिन्दुमा बन्द भएको नेप्से गत  साता १.३२ प्रतिशत अर्थात् ३५.४५ अङ्क घटेर २६५०.०९ विन्दुमा अडिएको हो ।

गत  साता पाँच कारोबार दिनका लागि खुलेको बजारमा चार कारोबार दिन नेप्से घटेको थियो ।

गत साता कारोबार रकममा पनि घटेको छ । अघिल्लो  साता दैनिक औसतमा ४ अर्ब ३३ करोड रुपैयाँको शेयर किनबेच भएकोमा गत  साता दैनिक औसतमा ४ अर्ब २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये सातामा दुई उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.३८ प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक ०.२५ प्रतिशत बढेको छ ।

घटेको बजारमा गत साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४९ प्रतिशत घटेको छ ।

साताभरमा ४ सामुहिक लगानी कोष र एक कम्पनीको बोनस शेयर गरी कुल ५२ करोड ९५ लाख १४ हजार ३८१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

सातामा एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक २७.१७ प्रतिशत बढेको छ ।

रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य गत साता सर्वाधिक १२.६४ प्रतिशत घटेको छ ।