इटहरी ।  महिनाको अन्तिम दिन आज आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ कायम निर्धारण भएको छ ।