इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ ।

सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।