विराटचोकः भदौ महिनाको पहिलो कारोबार दिन आज शेयरबजार मापक नेप्से परिसूचक ०.०८ प्रतिशत अर्थात २.२५ अंकले घटेर २ हजार ६४१.५८ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५० स्टकको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५६ हजार ८१८ पटक किनबेच हुँदा ५ अर्ब ५२ करोड ५५ लाख ११हजार ८७२ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतिएको थियो । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् १.३० प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक अर्थात १.१४ प्रतिशतले घटेको छ ।

रिलायन्स स्पिनिङको मात्रै १ अर्ब ३८ करोड रुपैयाँको शेयर किनबेच
अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको दिन आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख ३४ हजार ५६४ रुपैयाँको शेयर किनबेच हुँदा सोलु हाईड्रोको ३८ करोड ४४ लाख ९३ हजार ७१२ रुपैयाँको शेयर किनबेच भएको छ ।

माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढ्दा रिलायन्स स्पीनिङ मिल्सको सेयरमूल्य ११.१७ प्रतिशत, सगरमाथा जलविद्युतको ११.०६ र विकास हाईड्रोको सेयरमूल्य ८.२२ प्रतिशतले बढेको छ ।

सूचक घटेको बजारमा फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ६.६३ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४४ अर्ब २९ करोड २९ लाख १८ हजार ५५४ रुपैयाँ कायम भएको छ ।