इटहरी ।  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साल्ट ट्रेडिङ कर्पोरेसनको ३ लाख ४ हजार ६८१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले शेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

शेयर सूचीकृत भएपछिको कारोबारदेखि ती शेयर बिक्रीयोग्य हुने हुनाले थपिएको शेयर आजदेखि लगानीकर्ताले बिक्री गर्न मिल्छ ।