इटहरी ।  आज पनि बजार खुलेदेखि नै नेपाली शेयर बजारमा बिक्री चाप देखिएको छ । जसका कारण २ घण्टामा १२ अंकले बजार घटेको छ ।

सो अवधिमा १ अर्ब १५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै साहस ऊर्जाको ४ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार हुनेमा सोलु हाइड्रोपावर र माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

नेप्से सूचक २६०६ को आसपासमा रहेर शेयर किनबेच भइरहेको छ । सूचक घटेको बजारमा सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ ।

पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत घटेको छ ।