इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५० स्टकको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ५३ हजार १५३ पटक किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहमा रातो पोतिँदा जलविद्युत समूह सर्वाधिक अर्थात १.१९ प्रतिशत घटेको छ ।

आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक १२ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि सर्वोत्तम पेन्ट्सको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ । धौलागिरी लघुवित्तको शेयरमूल्य ११.९८ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ९.१४ र सयपत्री हाईड्रोको सेयरमूल्य ६.२७ प्रतिशतले बढेको छ ।

पञ्चकन्या माई हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात ९.८३ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ७१ अर्ब ६२ करोड ८० लाख २९ हजार ७४२ रुपैयाँ कायम भएको छ ।