काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ ।


संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार विपत्मा परेकालाई राहत दिनु सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइ मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको हो । 


संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगममार्फत् लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने जनाइएको छ ।