इटहरी । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

हिजो सुनको मूल्य ९ हजार ५ सय रुपैयाँ घटेको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।