इटहरी ।  भोटेकोशी बाढीपछि लगातार घटिरहेको शेयर बजारमा आज दुई घण्टाको अवधिमा झण्डै डेढ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ । बजार पनि साढे १३ अंक बढेको छ ।

२५२६ को आसपासमा रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत आयोजनाको ७ करोड ९ लाख ७० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सोलु हाइड्रो, शिवम् सिमेण्ट्स, चिलिमे हाइड्रोपावर र रिडी हाइड्रोपावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।

लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ८ प्रतिशत बढेको छ भने सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक पौने ७ प्रतिशतले झरेको छ ।