इटहरी । लगातार ६ दिन घटेको शेयर बजार आज भने सवा ९ अंकले बढेको छ । नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ ।
सूचक बढे पनि कारोबार रकम भने घटेको छ । नेप्सेमा सूचीकृत ३४१ स्टकको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह मात्रै घटेको छ । सो समूहको सूचक १ प्रतिशतले घटेको हो ।
आज सोलु हाईड्रोको सर्वाधिक १३ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच हुँदा माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमूल्य सर्वाधिक अर्थात ७.१५ प्रतिशतले बढेको छ । उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ८.४८ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ३९ अर्ब ३१ करोड ९२ लाख ८० हजार ५२१ रुपैयाँ निर्धारण भएको छ ।


















