इटहरी ।  भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।

भारतबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३.३४, डिजेलमा ४.३३, मट्टितेलमा १०.१९, हवाई इन्धनमा ४.९६ र एलपी ग्यासमा प्रति सिलिन्डर ३५.६२ रुपैयाँ मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।

बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।