इटहरी । आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६१ प्रतिशत अर्थात १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३५४ स्टकको ७२ लाख ६८ हजार २०२ कित्ता शेयर ३९ हजार ६७३ पटक किनबेच हुँदा २ अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा हरियाली छाएको छ । आज जलविद्युत समूह सर्वाधिक अर्थात ०.९५ प्रतिशतले बढेको छ ।
सामुहिक लगानी कोष र निर्जीवन बीमा समूह मात्रै क्रमशः ०.०९ र ०.०७ प्रतिशतले घटेका छन् ।
सूचक बढेको बजारमा आज सानिमा मिडिल तमोरको सर्वाधिक १४ करोड १७ लाख ८५ हजार ९५४ रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाईड्रो, शिवम् सिमेन्ट र साहस ऊर्जा उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ११.८७ प्रतिशतले बढ्दा माथिल्लो मैलुङखोला जलविद्युतको १०.२३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.१०, सेन्ट्रल फाइनान्सको ९.११ र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ५.९९ प्रतिशत बढेको छ ।
एनएमबी इनर्जी बोण्डको मूल्य सर्वाधिक अर्थात ५.८१ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ६५ अर्ब ८८ करोड ६९ लाख ४२ हजार ३३० रुपैयाँ कायम भएको छ ।


















