इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा किनबेच भइरहेको छ ।