इटहरी । गत साता सुनको मूल्य प्रतितोला ११ हजार १०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ १२ गते शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भदौ १४ गते आइतबार एकैदिन ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको थियो ।

भदौ १५ गते सोमबार सुन थप २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँमा आइपुग्यो । भदौ १६ गते मंगलबार पनि ५०० रुपैयाँले घट्दै ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

भदौ १७ गते बुधबार सुनको मूल्यमा साताकै ठूलो गिरावट आएको थियो । सो दिन सुन ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा झरेको थियो ।

भदौ १८ गते बिहीबार सुन ७ हजार ६०० रुपैयाँले बढेर ३ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन भदौ १९ गते शुक्रबार सुन २ हजार ५०० रुपैयाँले बढेर ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

भदौ १२ गतेको तुलनामा भदौ १९ गतेसम्म सुन प्रतितोला ११ हजार १०० रुपैयाँले सस्तो भएको हो ।

चाँदीको मूल्य सातामा प्रतितोला २०० रुपैयाँले घटेको छ ।