इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ निर्धारण भएको छ ।