इटहरी । गत साता नेप्से परिसूचक साढे १४ अंक घटेर बन्द भएको छ । अघिल्लो साता २५५७.३१ विन्दुमा बन्द भएको नेप्से गत साता ०.५७ प्रतिशत अर्थात् १४.५४ अंक घटेर २५४२.७७ विन्दुमा अडिएको हो ।
चार कारोबार दिनका लागि बजार खुल्दा तीन कारोबार दिन नेप्से सामान्य अंक बढेर बन्द भएको थियो । एक कारोबार दिन घटेर बन्द भएको थियो ।
गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ३ अर्ब ९७ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा गत साता दैनिक औसतमा ३ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।
सातामा चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.१२ प्रतिशत बढेको छ ।
निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.५५ प्रतिशत घटेको छ ।
उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक अर्थात् २१.५१ प्रतिशत बढेको छ । पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् १३.८० प्रतिशत घटेको छ ।


















