इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।