इटहरी । आज पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १३.८५ अंक घटेर २५३१.५५ विन्दुमा अडिएको छ ।
हिजो ४ अर्ब १९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३४१ स्टकको ४४ हजार १९८ पटकको कारोबारमा ४ अर्ब ९ लाख ७१ हजार ८९८ रुपैयाँको १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता शेयर किनबेच भएको छ ।
घटेको बजारमा आज लिबर्टी इनर्जीको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १५ प्रतिशत घटेको छ ।
सबैभन्दा धेरै शेयरमूल्य बढेको लिबर्टी इनर्जीको सर्वाधिक ४५ करोड ४८ लाख ८८ हजार ६३० रुपैयाँको शेयर कारोबार भएको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४३ खर्ब ५४ अर्ब ६० करोड ३१ लाख ८१ हजार ६३० रुपैयाँ कायम भएको छ ।


















