इटहरी ।  आज प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.९८ अंक बढेर २६७०.२७ विन्दुमा पुगेको छ ।

जम्मा ८९ स्टकको १५९ पटकको कारोबारमा ४६ लाख २१ हजार ३९२ रुपैयाँको ७ हजार ८७१ कित्ता शेयर किनबेच भएको छ ।

२८ स्टकको मूल्य बढेको छ भने ४४ स्टकको मूल्य घटेको छ । १७ स्टकको मूल्य स्थिर रहेको छ ।

उच्च कारोबार गर्नेमा हिमालयन डिस्टिलरी परेको छ ।