इटहरी । आज नेप्से परिसूचक ३६.२५ अङ्क घटेर २६१८.०३ विन्दुमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा आज ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ रुपैयाँको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर किनबेच भएको छ ।
घटेको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १५ प्रतिशत बढेको छ । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक अर्थात् ८.५४ प्रतिशत घटेको छ ।
सबै १३ वटै उपसमूह राताम्य हुँदा बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ ।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक अर्थात् ३८ करोड ३४ लाख ४६ हजार ८५६ रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, हिमालयन डिष्टिलरी, लक्ष्मी सनराइज बैंक र आँखुखोला जलविद्युत कम्पनी उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।


















