इटहरी । आज शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५१ हजार ७१६ पटक किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँको शेयर किनबेच भएको छ ।
बढेको बजारमा निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घटेबाहेक सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.८३ प्रतिशतले बढेको छ
ढेको बजारमा नेपाल ल्युब आयलको शेयरभाउ सर्वाधिक अर्थात् १२.४७ प्रतिशतले बढेको छ । बजार बढे पनि मिड सोलु हाइड्रोपावरको शेयरभाउ ११.५८ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब २३ अर्ब ६१ करोड ७२ लाख ६२ हजार १९७ रुपैयाँ कायम भएको छ ।


















