विराटनगर । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित विराटनगरबाट दुई जना युवालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१६ दक्षिण गेटमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको केराबारी गाउँपालिका–६ का २१ वर्षीय सुशान्त विक र २० वर्षीय निर्मल तामाङ पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा सुशान्तको साथमा प्रहरीले ४.९० ग्राम ब्राउन सुगर फेला पारेको थियो ।
त्यसपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखेको जनाएको छ ।


















