काठमाडौंः आज बिहान आएको वर्षाका कारण रोकिएको नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र भर्खर शुरु भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पेश भई छलफल हुने कार्यक्रम छ ।
ती प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि मतदानको काम बाँकी रहने छ ।
निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।
सहमहामन्त्रीमा चार जना र कोषाध्यक्षमा एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

















