धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा दुर्घटनामा परेको स्कर्पियो गाडीबाट प्रहरीले ३४१ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
मंगलबार राति ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कर्पियो भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो।
दुर्घटनाको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले स्कर्पियोको छेउमा रहेका एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१० बस्दै आएका ३९ वर्षीय अमित विश्वकर्मा रहेका छन् ।


















