इटहरी । आज नेप्से परिसुचक ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा अडिएको छ । ३५९ कम्पनीको १ करोड ३ लाख ६८८ कित्ता शेयर ३९ हजार ४६६ पटक किनबेच हुँदा ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बैंकिङ समूहबाहेक सबै समूह राताम्य भएका छन् । बैंकिङ समूह ०.०८ प्रतिशत बढ्दा सर्वाधिक घट्नेमा व्यापार समूह १.३८ प्रतिशत घटेको छ । विकास बैंक समूह ०.०९ प्रतिशत, फाइनान्स समूह ०.०९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०६ प्रतिशत, हाइड्रो समूह ०.०३ प्रतिशत, लगानी समूह ०.५५ प्रतिशत, जीवन बीमा समूह ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.३९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१८ प्रतिशत, निर्जीवन बीमा समूह ०.६० प्रतिशत र अन्य समूह ०.३६ प्रशितले घटेको छ ।
आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक अर्थात् ६.२५ प्रतिशत बढेको छ । एनआइसी एशिया ब्यालेन्स्ड फण्ड, इङ्वा हाइड्रो, आइसीएफसी फाइनान्स, तमोर हाइड्रो उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।
आज ग्लोबल आइएमई समुन्नत योजना–२ को मूल्य ५.२६ प्रतिशतले घटेर ९ रुपैयाँ कायम भएको छ । एबबिएल डिबेञ्चरको ४.४१ प्रतिशत, मेगा म्युचुअल फण्ड १ को ४.३६ प्रतिशत, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३.६४ प्रतिशत शेयरमूल्य घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २४ अर्ब ७३ करोड १२ लाख ३७ हजार ९९० रुपैयाँ कायम भएको छ ।


















