विराटचोकः पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासनको तयारीलाई अघि बढाउने भएको छ ।

सुन्दरहरैंचाको विराटचोकमा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७ औँ वार्षिक साधारणसभामा यस्तो निर्णय गरिएको हो । साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०८२०\८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गरिएको छ ।

साधारणसभाले करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पारित भएका छन् ।

पीएलओले जनाएअनुसार नेपाल स्टक एक्सचेञ्जले योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याएको छ ।

पीएलओको लगानी रहेको नेपालीरिका होटलले पनि आईपीओ जारी गर्ने निर्णय गरेको छ ।