काठमाडौंः नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि छनोट प्रक्रिया अगाडि बढेको छ ।
नेप्सेको सीईओ छनोट तथा सिफारिश समितिले खुला प्रतिस्पर्धाका आधारमा पदपूर्तिका लागि आवेदन दिएका ८ जना उम्मेद्वारमध्येबाट ४ जनालाई संक्षिप्त सूची (सर्टलिस्ट) मा समावेश गरेको छ । समितिले एक सूचना जारी गर्दै सर्टलिस्टमा परेका उम्मेद्वारहरूको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मिति र समय सार्वजनिक गरेको हो ।
यी हुन् सर्टलिस्टमा परेका उम्मेद्वारहरूः
१. अनिलराज पौडेल
२. नवराज सापकोटा
३. नारायणप्रसाद सापकोटा
४. प्रताप सुवेदी
छनोट समितिले तोकेअनुसार चारै जना उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण आगामी असोज २३ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ ।
अनिलराज पौडेलको बिहान ७ बजे
नवराज सापकोटाको बिहान ८ बजे
नारायणप्रसाद सापकोटाको साँझ साढे ५ बजे
प्रताप सुवेदीको साँझ साढे ६ बजे
समितिले सर्टलिस्टमा परेका उम्मेद्वारहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै अन्तर्वार्ता स्थलमा उपस्थित हुन निर्देशन दिएको छ ।

















