इटहरी । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक सेयरधनी तथा कर्मचारीको स्वामित्वमा रहेको सेयरको लक–इन अवधि आजदेखि सकिँदैछ ।
कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता सेयरमध्ये संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेका शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो।
कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता सेयर तथा कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयर लक–इनमा रहेका छन् । ती सेयरहरूको लक–इन अवधि आज सकिने भएको हो ।
कम्पनीले लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीहरूलाई प्रचलित कानून तथा नियामकीय व्यवस्थाबमोजिम शेयर कारोबार गर्न सकिने जानकारी गराएको छ ।
सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने सो कम्पनीले जनाएको छ ।

















