विराटचोकः आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
आज सुन प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















