इटहरी । आज नेप्से परिसूचक ४.१२ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २५९९.९३ विन्दुमा अडिएको छ ।
आज नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४६ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ५ वटा समूहमा हरियाली छाएको छाउँदा जीवन बीमा समूह सर्वाधिक अर्थात् १.७७ प्रतिशतले बढेको छ । बैंकिङ समूह ०.६९ प्रतिशत, निर्जीवन बीमा समूह ०.५३ प्रतिशत, लगानी समूह ०.१३ प्रतिशत र विकास बैंक समूह ०.०५ प्रतिशतले बढेको छ ।
होटल तथा पर्यटन समूह सर्वाधिक ०.५८ प्रतिशतले घटेर ६८७०.५७ विन्दुमा अडिएको छ ।
फाइनान्स समूह ०.३१ प्रतिशत, जलविद्युत समूह ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.४० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१० प्रतिशत, व्यापार समूह ०.४० प्रतिशत र अन्य समूह ०.५२ प्रतिशतले घटेको छ ।
आज सगरमाथा जलविद्युत कम्पनीको सर्वाधिक १२.४४ प्रतिशतले मूल्य बढेको छ । नेपाल लाइफ समृद्धि लगानी योजनाको ४.६२ प्रतिशत, एनआइसी एशिया ग्रोथ फण्ड–२ को ४.५७ प्रतिशत, ओरियन्टल होटल लिमिटेडको ३.७४ प्रतिशत र सन् नेपाल लाइफको ३.१७ प्रतिशत शेयरमूल्य बढेको छ ।
बजार बढे पनि स्नो रिभर्सको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत घटेको छ । धौलागिरी लघुवित्तको १२.८७ प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्ड–३० को ५.२३ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोको ४.५६ प्रतिशत र सिटी होटलको ३.६५ प्रतिशत शेयरमूल्य घटेको छ ।
सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरको शेयर कारोबार भएको छ । सो कम्पनीको ३६ करोड ४७ लाख ७८ हजार ५७० रुपैयाँको कारोबार भएको छ । उच्च कारोबार गर्ने अन्य कम्पनीमा माउण्टेन इनर्जी, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ७२ अर्ब १८ करोड ३६ लाख ४२ हजार ३०९ रुपैयाँ कायम भएको छ ।


















