विराटचोकः सुन्दरहरैंचा साइकल राइडर्सले शनिबार (कात्तिक १४ गते) ‘राइडर्स मेहफिल–२०८३’ कार्यक्रम आयोजना गर्ने भएको छ । साइकल राइडिङमा सक्रिय व्यक्तिहरूलाई प्रोत्साहन गर्ने तथा अनुभव र प्रेरणा आदानप्रदान गरी कार्यक्रमलाई गजलमय बनाई चाडपर्वको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
सो कार्यक्रममा चितवनवासी गजलकार पुष्प अधिकारी ‘अञ्जली’लाई सम्मान गरिने भएको छ ।
मेहफिलमा मोरङनिवासी अस्मिता भट्टराई, जाजरकोटनिवासी प्रकाश किरण, धनकुटानिवासी अनन्त अनुराग र झापानिवासी केशव गहतराजले आफ्ना गजल प्रस्तुत गर्ने भएका छन् ।
कार्यक्रममा साहित्यकार मनु मञ्जिल प्रमुख अतिथिका रूपमा सहभागी हुनुुहुने भएको छ । कार्यक्रमको सहजीकरण साहित्यकार विवश बलिभद्र कोइरालाले गर्नुहुने भएको छ ।
सुन्दरहरैंचा साइकल राइडर्सको आयोजनामा हुने कार्यक्रमको मिडिया पार्टनरमा पूर्वी अनलाइन र शिखरबास खबर रहेका छन् ।
सुन्दरहरैंचा–१० स्थित द राइजिङ बोर्डिङ स्कुलमा शनिबार दिउँसो साढे १२ बजे हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रम व्यवस्थापक यादव भट्टराईले जानकारी दिनुभयो ।
साइकल राइडिङलाई केवल शारीरिक व्यायाममा सीमित नराखी अनुभव, अनुशासन, साहस र सकारात्मक सोचसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।


















