विराटचोकः स्थानीय व्यवसायीको संयुक्त लगानीमा मोरङको सुन्दरहरैंचा–९ विराटचोकमा ‘टेवा मार्ट’ सञ्चालनमा आएको छ ।
हिजो सो मार्टको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा भएको हो ।
मार्टको उद्घाटन सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईं, पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल र उद्योगपति भोलेश्वर दुलाललले संयुक्त रूपमा गर्नुभएको थियो ।
स्वस्तिवाचनसहित उद्घाटित सो मार्ट विराटचोकस्थित लायन्स स्तम्भ नजिकै सञ्चालनमा आएको हो । ग्राहकलाई आवश्यक सामग्री खरिद गर्न विभिन्न स्थानमा धाउनुपर्ने बाध्यता कम गर्दै एउटै छानामुनि सबै प्रकारका सामग्री उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको बताइएको छ ।
मार्ट उद्घाटनको अवसरमा छुटका साथै १ हजार रुपैयाँभन्दा बढीको सामान किन्दा एउटा लक्की ड्र कुपन पाइने जनाइएको छ ।

















