विराटनगर: सुनसरीको वराहक्षेत्र नगरपालिकामा आयोजना हुने चौथो संस्करणको स्टोन स्किपिङ च्यालेन्जको तयारी पूरा भएको छ ।

वराहक्षेत्र नगरपालिका–११ स्थित मधुवन बजारको तीनटोलियामा रहेको पोखरीमा कात्तिक २४ गते मंगलबार प्रतियोगिता आयोजना हुने आयोजक चतरा हाइकिङ समूहका संयोजक भीषण राईले जानकारी दिनुभयो ।

प्रतियोगिताबारे आयोजकले विराटनगरमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।

लोपोन्मुख सीम तित्रा चराको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै विकास तथा प्रचारप्रसारमा पछाडि परेको मधुवन क्षेत्रको पर्यटन प्रवद्र्धन र पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।